Breaking News
माओवादी केन्द्रका चार सांसदको आज पद खोसिने
०
चितवन,चैत २६ –
प्रतिनिधिसभा बिहीबारको बैठकमा सभामुखले माओवादी केन्द्रका चार सांसद पद मुक्त भएको जानकारी गराउने तयारी छ । नेकपा माओवादी केन्द्र त्याग गरि नेकपा एमाले पार्टी प्रवेश गरेका चार सांसदको पद खोसिने भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गएको मंगलबार सांसदलाई पदमुक्त गर्ने निर्णयसहितको पत्र संसद सचिवालयमा बुझाएका थिए । प्रचण्डले संसदलाई पत्र लेखेर एमाले पार्टी प्रवेश गरेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसद पदबाट मुक्त गर्न आग्रह गरेका हुन् । राजनीतिक दलसम्बन्धी ऐनअनुसार दल परित्याग गरेका सांसद पदमुक्त हुन्छन् ।प्रतिनिधिसभाको बैठक आज बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























