Breaking News
राईविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता गर्ने माओवादीको तयारी
०
चितवन,चैत २३-
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव माओवादी केन्द्रले फिर्ता गर्ने तयारी भैरहेको छ।
राजनीतिक औचित्य सकिएपछि फिर्ता लिने भएको माओवादी संसदीय दलका नेता ईन्द्रबहादुर आङ्बोले बताए । आज बस्ने प्रदेश संसद्को बैठकमा प्रस्ताव फिर्ता लिने भएको हो। एमाले नेता माधवकुमार नेपाल पक्षले समर्थन फिर्ता लिएपछि माओवादीको एक चौथाइ मत पुग्दैन। त्यही भएर माओवादीले फिर्ता लिने भएको हो।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























