Breaking News
कर्णालीमा २४ घण्टाभित्र एमालेका तीन मन्त्रीहरुले राजीनामा दिँदै
काठमाडौं,चैत २२-
नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दल कर्णाली प्रदेश सरकारमा रहेका नेकपा (एमाले) का मन्त्रीहरुले २४ घण्टाभित्र राजीनामा दिने भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ । वैठकमा माधव नेपाल पक्षधर सांसदहरु पनि सहभागी थिए ।
एमाले ओली पक्षीयको सांसदहरुको सहभागीमा चैत ४ को संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नुका साथै मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो ।तीन जना मन्त्रीहरूलाई २४ घण्टामा राजीनामा दिन र नयाँ सरकार गठनको वातावरण बनाउन दलले निर्देशन दिएको छ । त्यो निर्देशन अनुसार तीनै जना मन्त्रीले भोलिसम्ममा राजीनामा दिने प्रतिबद्धता जनाउनु भएको छ,’ नेपाल पक्षका एक सांसदले भने, ‘अन्यत्र भन्दा यहाँको जनताको आवश्यकता अनुसार अघि बढ्न दल एकमत भएको छ । नयाँ सरकार गठनका बारेमा खासै आज छलफल भएन ।


























