Breaking News

देशको राजनीतिक परिस्थितिले कोल्टे फेर्‍यो,अब नयाँ सरकार बन्छ : प्रचण्ड

Banner

चितवन,चैत २१ –

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको निर्णयले राजनीतिक परिस्थितिमा कोल्टे फेरेको  उनले बताएका छन्।
शनिबार कपिलवस्तुमा आयोजित पार्टीको एउटा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।हिजो आज काठमाडौंको राजनीतिक घटनाक्रम अलिकति फेरिएको छ । खासगरी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा माग गरेपछि र अर्को सरकार गठनको निम्ति पहल लिने भनेर हिजो निर्णय लिएपछि देशको राजनीतिक परिस्थितिले अलिकति कोल्टे फेरेको हो ।
शुक्रबार राति बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय गरेको थियो । देशको राजनीतिले कोल्टे फेर्यो, अब नयाँ सरकार बन्छ। तपाईंहरुलाई पनि बधाई छ। अब काठमाडौं फर्किएर म नयाँ सरकार निर्माणमा लाग्छु।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>