Breaking News

राष्ट्रपतिले गरिन् मेलम्ची आयोजनाको उद्घाटन,धारामा २४ सैं घण्टा पानी आउने

Banner

काठमाडौं, चैत २० –

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा ल्याइएको मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरेकी छन् । काठमाडौंको भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर राष्ट्रपति भण्डारीले आज आयोजनाको औपचारिक रूपमा उद्घाटन गरेकी हुन्। मेलम्चीबाट आएको पानी भृकुटीमण्डपमा अब २४ सैं घण्टा वितरण हुने गरी धारा बनाइएको छ।

काठमाडौंमा पानी संकट टार्न सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट पानी ल्याइएको हो । सार्वजनिक उपभोगका लागि यहाँ सधैं पानी छाडिने बताइएको छ। मेलम्ची आयोजनाबाट ल्याइएको पानी काठमाडौं र ललितपुरका विभिन्न स्थानमा केही दिनदेखि वितरण गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>