Breaking News
घनश्याम र सुरेन्द्रलाई पनि पार्टीबाट ६ महिनाका लागि निलम्बित
०
काठमाडौं, चैत १९ –
नेताद्वय घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पनि पार्टीबाट निलम्बित गरेको छ । नेकपा एमालेले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुषाललाई पनि ६ महिनाको लागि पार्टीबाट निलम्बन गरेको हो ।
चैत्र ७ गते बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार गत सोमबार महासचिव ईश्वर पोखरेलले नेता माधवकुमार नेपाल, भीम रावल, भुसाल र पाण्डेलाई तीन दिनभित्र स्पष्टिकरण बुझाउन भन्दै पत्र लेखेका थिए । नेपाल र रावलले समयमै स्पष्टिकरण बुझाएपनि भुसाल र पाण्डेले बुझाएका थिएनन् ।
तर, नेपाल र रावलको स्पष्टिकरण पनि चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले सोमबार दुवै नेतालाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























