चितवन विशेष

पत्रकार महासंघ बागमती प्रदेशमा प्रेस चौतारीबाट अध्यक्षको उम्मेदवार पोखरेल

Banner

चितवन,चैत १८-

यही चैत २५ गते हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा बागमती प्रदेश अध्यक्षका लागि प्रगतिशिल व्यवसायिक पत्रकार एलाइन्सका तर्फबाट प्रेस चौतारी नेपालले आफ्नो उम्मेद्वार टुङगो लगाएको छ । आज सम्पन्न बैठकले अध्यक्षमा चितवनका पत्रकार हरि पोखरेललाई एलाइन्सका तर्फबाट उम्मेद्वार बनाउने निर्णय गरेको हो । पोखरेल पत्रकार महासंघ चितवनको अध्यक्ष भएर काम गरिसक्नुभएको छ । पत्रकार महासंघको निर्वाचनका लागि बागमती प्रदेशमा प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, मिडिया नेपाल र जनपत्रकार संगठनले गठबन्धन गरेका छन ।

यस्तै उपाध्यक्षमा हरि हुमागाईँ (मकवानपुर) उपाध्यक्ष महिला संगीता आचार्य (चितवन), महासचिव केशव अधिकारी (धादिङ), सचिव दयाराम महत (काभ्रे), सचिव समावेशी जीवन लामा (दोलखा) र कोषाध्यक्ष रामचन्द्र नेपाल (सिन्धुपाल्चोक) उम्मेद्वार बन्ने टुङगो लागेको प्रेस चौतारी नेपाल बागमती प्रदेश सहसंयोजक शिशिर सिंखडाले जानकारी दिनुभयो । बैठकले बागमती प्रदेश सदस्य खुल्लामा गोपी न्यौपाने (मकवानपुर), लक्ष्मण घिमिरे (सिन्धुली), प्रकाश सिग्देल (चितवन), विश्वास नेपाली (रसुवा), कृष्ण प्रसाद ढुङगाना (नुवाकोट), सदस्य महिलामा आरसी ढकाल (मकवानपुर), सुशिला अर्याल (धादिङ), क्रिजला पुलामी (सिन्धुली) सदस्य दलितमा प्रकाश सुन्दास (सिन्धुपाल्चोक), सदस्य आदिवासी जनजातिमा महेन्द्र श्रेष्ठ (दोलखा), र गिता गुरुङ (चितवन) लाई उम्मेद्वार बनाउने निर्णय गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>