Breaking News
महोत्तरीबाट हराएका ५ किशोरीसहित ७ जना भारतमा भेटिए
०

महोत्तरी, चैत १८ –
महोत्तरीबाट बेपत्ता भएका ५ किशोरीसहित ७ जना भारतमा भेटिएका छन् । किशोरीहरु भारतको सीतामढीमा फेला परेको प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले जानकारी दिएका छन् ।
बेपत्ता भएकाहरुको अभिभावक र प्रहरी टोली त्यहाँ पुगेको बताउँदै उनले नेपाल ल्याउने काम भइरहेको बताए । उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा खोजबिन गर्दा भेटिएका हुन् । भंगहा–८ स्थित धरमपुरमा घाँस काट्न गएका उनीहरु मंगलबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए ।
सम्पर्कविहीन भइ हाल भारतमा भेटिएकाहरुमा स्थानीय १८ वर्षीय अस्मिता पासवान, १३ वर्षीय ज्योति पासवान, १५ वर्षीय रिया पासवान, अर्चना पासवान, १८ वर्षीय नगिना पासवान, १० वर्षीय रंजना पासवान र १० वर्षीय सीमा पासवान रहेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























