Breaking News
सेन्ट्रल कलेज स्व.विजय खड्गी गोल्डकपः आज आर्मी र सुनौलो संगम भिड्दै

चितवन,चैत १५ –
चितवनमा जारी सेन्ट्रल कलेज स्व. विजय खड्गी गोल्डकपमा आज विभागीय टोली त्रिभुवन आर्मी क्लब र सुनौलो संगम युवा क्लब बुटवलबीच खेल हुँदैछ। खेल दिउँसो ४ बजे नारायणगढस्थित क्याम्पा चौरमा हुनेछ। चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितामा देशभरका १० टोली सहभागी छन्। शनिबार भएको खेलमा अफ्रिकन रुट्स एसोएिएसन क्यामरुन विजयी भएको छ। क्यामरुनले अभिषेक चर्च रजहरलाई टाइब्रेकरमा ४–१ ले पराजित गरेका थियो। क्यामरुनलाई जिताउन गोल रक्षक स्याल्भियोले टाइब्रेकरमा अभिषेक चर्चको तीन प्रहार विफल तुल्याए। उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।
त्यसअघि निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो। खेल अवधिभर क्यामरुनले अभिषेक चर्चलाई दबाबमा राखेको थियो। गोल गर्ने प्रसस्त अवसर पाए पनि क्यामरुनको फिनिसिङ कमजोर देखियो। प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रत्येक खेलको म्यान अफ दि म्याचले पाँच हजार, प्रतियोगिताको उत्कृष्ट खेलाडीले २० हजार र विधागत रुपमा उत्कृष्ट हुने खेलाडीले १०–१० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
























