चितवन विशेष

डिप्रेशन भएको व्यक्तिलाई घृणा होईन माया गरौं

Banner

चितवन, चैत १४ –

सामाजिक कारणले गर्दा मानिसहरु बढी डिप्रेशनमा जाने पाइएको छ । आज आदर्श गृह नेपालले गरेको भर्चुअल कार्यक्रममा बोल्दै मनो विमर्शकर्ता खिमा रिजालले यस्तो बताएकी हुन । रिजालले विभिन्न सामाजिक कारणहरुले गर्दा नै मानिस डिप्रेशनको शिकार हुनुपरेको बताइन् । विश्वका ५देखी १५ प्रतिशत व्यक्तिहरु डिप्रेशनले गस्रित रहेको उनले बताइन् ।

डिप्रेशन भएकोलाई माया, सम्मान गर्नुपर्ने र घृणा गर्ननहुने रिजालले बताएकी हुन् । डिप्रेशनले गर्दा मानिसलाई नकारात्मक सोचविचार पैदा गराउने र आत्म हत्या गर्न समेत बाध्य पुर्याउने भएकोले उनीहरुलाई धेरै माया गर्नुपर्ने उनले बताइन् ।

कार्यक्रमका प्रमुख अतिथि रहेका जिल्ला समन्वय चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटिले महिला हिंसा रोकथामका लागि जनप्रतिनिधिहरुको सधैं साथसहयोग रहने बताए । डल्लाकोटिले सबैजना जिम्मेवार भए डिप्रेशन कम हुने बताएका थिए । त्यस्तै चितवनकी महिला अधिकारकर्मी मिना खरेलले डिप्रेशन सामाजिक कारणले मात्रै नभई जैविक, मनोवैज्ञानिकको कारण पनि हुने बताईन् । खरेलले तनाव र जीवनमा घटेका केही घटनाको कारणले पनि डिप्रेशन हुने बताइन् । समयमै पहिचान भई उपचार गर्न सकेको खण्डमा यो रोग छिटै निको हुनले उनले बताएकी हुन् ।

 

 

No description available.

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>