Breaking News

महासंघको निर्वाचनमा दलित पत्रकारको सहभागिता धेरै हुनुपर्ने माग

Banner

चितवन, चैत १३ –

नेपाल पत्रकार महासंघको निर्वाचनमा दलित पत्रकारहरूको उल्लेख्य सहभागिताको सुनिश्चितता गर्न राष्ट्रिय दलित पत्रकार संघ,नेपाल चितवन शाखाले नेपाल पत्रकार महासंघ चितवन, प्रेस चौतारी चितवन, प्रेस युनियन चितवन र  प्रेस सेन्टर चितवनलाई आज शुक्रबार ध्यानाकर्षण गरेको छ ।

संघका अध्यक्ष अमिर रामदामले दलित समुदायका पत्रकारहरू पनि दक्ष एवम् क्षमतावान रहेको बताउँदै महासंघको निर्वाचनमा दलित सहभागिता धेरै धेरैभन्दा हुनुपर्ने माग सहित संघको तर्फबाट ध्यानाकर्षण गरेका हुन्।

संघले ३ बुँदे माग सहित ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको हो । संघको ध्यानाकर्षण पत्र बुझ्दैँ नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडाले अबको महासंघको समितिमा दलित समुदायको उल्लेख्य सहभागिताको सवालमा विशेष पहल गर्ने प्रतिबद्धता गरेका छन्। त्यस्तै प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डित र प्रेस सेन्टर चितवनका उपाध्यक्ष प्रविण बरालले कुनै पनि राजनैतिक पूर्वाग्रही नराखी दलित पत्रकारको मागहरु सम्बोधन गर्न आफूहरु तयार रहेको बताएका छन्।

संघले नेपाल पत्रकार महासंघ चितवन, प्रेस युनियन चितवन, प्रेस चौतारी चितवन, प्रेस सेन्टर चितवनलाई हस्तान्तरण गरेको ध्यानाकर्षण पत्र यस प्रकार रहेको छ।

No description available.

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>