Breaking News

देशभरका शिक्षण संस्थामा जनस्वास्थ्य मापदण्ड पालना गर्न शिक्षा मन्त्रालयको निर्देशन

Banner

काठमाडौँ, चैत १२-

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ को संक्रमणबाट हुने जोखिम बढेर जाने सम्भावना देखिएकाले क्याम्पस तथा विद्यालयले विशेष सतर्कता अपनाउन ध्यानाकर्षण गराएको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बिहीबारको बैठकले शिक्षण संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य र सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्न निर्देशन दिएको हो । यसका साथै प्रदेश सरकार र स्थानीय तहबाट स्थान विशेषमा तय गरिएका थप मापदण्डको पालना गर्न र गराउन मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयका सहसचिव एवम् प्रवक्ता दीपक शमाले एक विज्ञप्ति सार्वजनिक गर्दै शिक्षण संस्थामा मास्क तथा स्यानिटाइजरको प्रयोग, साबुन पानीले हात धुने, ज्वरो नाप्ने र व्यक्तिमा संक्रमणको लक्षण देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरेका हुन् । विज्ञप्तिमा शिक्षण संस्थामा सभा, समारोह र वार्षिक उत्सवजस्ता भीडभाड हुने प्रकृतिका कार्यक्रमहरु तत्कालका लागि नगर्न र नगराउन समेत अनुरोध गरिएको छ ।

यसैगरी विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ पूर्णरुपमा अनुसरण गर्न र उक्त कार्याढाँचाको अधिनमा रही निर्णय भएबमोजिम गर्न सबैमा अनुरोध गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>