Breaking News
प्रधानमन्त्रीले बोलाए संसदीय दलको बैठक
०

काठमाडौं, चैत १२ –
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष समेत रहेका ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दिउँसो ३ बजेका लागि बैठक बोलाएका हुन् ।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठकमा संसदको चालु अधिवेशन प्रभावकारी बनाउने, र सांसदहरुको विकास बजेट खर्च लगायतका विषयमा कुराकानी तथा छलफल हुनेछ ।
बालुवाटारमा हुने संसदीय दलको बैठकमा माधव नेपाल पक्षका सांसदहरू उपस्थित हुनेरनहुने टुङ्गो नरहेको भट्टराईले बताएका छन् । बालुवाटारमा हुने बैठकमा सहभागी नहुने नेता नेपालले बताउँदै आएका छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























