चितवन विशेष
विश्वकर्मा सहकारीले मनायो आठौं वार्षीकोत्सव, वित्तिय सेवालाई थप गुणस्तरीय बनाउँदै

भरतपुर, चैत १२ –
विश्वकर्मा बचत तथा ऋण सहकारी संस्थाले आठौं वार्षीक उत्सव मनाएको छ । वाग्मती प्रदेशका नेपाल सरकारका सचिव डा. मान बहादुर विश्वकर्माको प्रमुख आतिथ्तामा कार्यक्रम गरिएको थियो । संस्थाका अध्यक्ष विपिन रामुदामुको सभाध्यक्षमा उद्योग वाणीज्य संघमा कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा बोल्दै डा.मान बहादुर विश्वकर्माले सहकारीमा हुने परम्परागत गतिविधिलाई परिवर्तन गर्नुपर्ने बताएका थिए । विश्वकर्माले सहकारीको लागि चितवन ऐतिहासिक जिल्ला रहेको समेत बताएका हुन् । उनले भने, जबसम्म व्यक्तिहरु आर्थिक रुपमा अघि बढेको हुदैन तब सम्म जीवन निर्वाह गर्न असहज हुने गर्छ । सरकारले निगमल गरेको भएर सहकारीमा हुने विकृति कम हुदैँ गएको समेत डा. विश्वकर्माले बताए । उनले सहकारीलाई धन्यवाद दिदैँ कार्यक्रमले गर्दा धेरै उर्जा थपेको र उनले जागिरको सुरुवात पनि सहकारीबाट नै गरेको बताएका हुन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै विश्वकर्मा सहकारीका अध्यक्ष विपिन रामुदामुले सबै सेयरकर्ताहरु मिलेर सहकारीलाई गुणस्तर बनाउँदै लैजाने बताए । वित्तिय सेवालाई थप गुणस्तरीय बनाउँदै आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणका लागि दृढतापूर्वक अघि बढ्ने उनले बताएका हुन् ।
विश्वकर्मा सहकारीले वार्षिक उत्सवको अवसरमा आगालागीबाट क्षति भएको एक महिलालाई २५ हजार सहयोग गरेको थियो भने कोरोना बिमा स्वरुप एक महिलालाई आर्थिक सहयोग गरेको थियो । कार्यक्रममा सहकारीका सेयर सदस्यहरुलाई सम्मानपत्र हस्तान्तरण गरिएको थियो । त्यस्तै सहकारीले वार्षीक उत्सवको अवसरमा तीन प्रतियोगिता राखेको थियो । पेटिङ्ग, दौड र फुटबल प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुनेलाई कार्यक्रममा पुरस्कार दिएको थियो । सहकारीले उत्सवकै अवसरमा रक्तदान कार्यक्रम पनि गरेको अध्यक्ष बिपिन रामुदामुले जानकारी दिए ।



























