Breaking News
नेपालीहरुलाई निरिह बनाउने खतरा रहेको छ : ‘प्रचण्ड’
०

काठमाडौं, चैत ११ –
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालीहरुलाई निरिह बनाउने खतरा रहेको भन्दै सचेत हुनुपर्ने पनि बताएका छन् । प्रचण्डले आफ्नाबारे आफैं निर्णय गर्ने नेपालीहरुको अधिकार खोस्ने प्रयास भइरहेको बताएका हुन् ।
उनले शान्ति प्रक्रिया, संविधान निर्माणदेखि एमाले र माओवादी केन्द्रबीचको एकतासम्म आइपुग्दा नेपालीहरु कसैको दबाव वा हस्तक्षेपमा नरहेको र नेपालीहरु आफ्नो निर्णय आफैंले गर्न सक्ने बताएका छन् ।
तर यसलाई मन नपराएकाहरुले नेकपाभित्र दलाल तयार पारेको प्रचण्डले भनेका छन् । उनले भने, ‘जसलाई पार्टीको अर्को अध्यक्ष बनाइएको थियो, तीनै अध्यक्षलाई दलालका रुपमा मोहोरा बनाउन सफल भए ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























