Breaking News

चितवनका सांसद सुरेन्द्र पाण्डेलाई एमालेको प्रश्नः प्रचण्डको मतियार किन बनेको ?

Banner

चितवन,चैत १०-

नेकपा एमालेले पार्टीका नेता सुरेन्द्र पाण्डेमाथि पार्टी फुटाउने क्रियाकलापको अनगुवाइ गरेको भन्दै कारबाहीको प्रक्रिया अघि बढाएको छ । पाण्डेलाई महासचिव ईश्वर पोखरेलले सोधेको स्पष्टीकरणमा पार्टी एकताविरोधी भेला गर्नुको कारण र भेलाबाट एकताविरोधी प्रस्ताव पारित गर्नु गराउनुको कारण मागिएको छ ।

स्पष्टीकरणपत्रमा पाण्डेलाई पार्टीका बैठकमा सहभागी हनुको साटो पार्टी तथा जनसंगठनहरूको नाम, झण्डा र चिन्हको दुरुपयोग गरेको आरोप लगाइएको छ । पाण्डेमाथि प्रचण्डको मतियार बनेर नेकपा एमाले विभाजन गर्न खोजेको र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरे गराएको सन्दर्भमा समेत जवाफ मागिएको छ । तीन दिनभित्र जवाफ पेश गर्न भनिएकोमा दुई दिन बितिसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>