Breaking News

माधवकुमार नेपालले भने : ​म हो एमाले, केपी ओली पार्टी छाडेर गए हुन्छ

Banner

काठमाडौं, चैत १०-

नेकपा एमालेका नेता माधवकुमार नेपालले नेकपा एमाले आफूहरु भएको बताएका छन् । पार्टी अध्यक्ष केपी ओली बिमाले, सिमाले भएको भन्दै उनले पार्टी छाडेर गए हुने टिप्पणी गरे ।

आज नेपाल पक्षीय विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले भने, ‘नेकपा एमाले हाम्रो हो, केपी ओलीको होइन ।’ उनले अघि भने, केपी ओलीले जालझेल गरेर पार्टी कब्जा गरे भने विचार गरौंला । होइन भने नेकपा एमाले हाम्रो हो । केपी ओली बिमाले हुन् सिमाले हुन्, यो पार्टी छोडेर गए हुन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>