मकवानपुर

मकवानपुरको दुर्गम क्षेत्रका रुपमा रहेको कैलाश गाउँपालिकामा बिजुली

Banner

बाग्मती , चैत १०-

मकवानपुरको दुर्गम क्षेत्रका रुपमा रहेको कैलाश गाउँपालिका–१ को सबै स्थानमा विद्युतीकरणको कार्य सम्पन्न भएको छ । आजदेखि त्यस क्षेत्रका जनताले बिजुली बाल्न शुरु गरेको बताइएको छ । वडाको खोलाखर्क र फुलढुङ्गामा विद्युतीकरण भएसँगै सो वडाका ४२० घरमा बिजुली बलेको वडा नं १ का अध्यक्ष पेमा योञ्जनले जानकारी दिनुभयो ।

गत आवमा नेपाल विद्युत् प्राधिकरण मार्फत उक्त क्षेत्रमा जनप्रतिनिधिको सहजीकरणमा दुर्गम गाउँमा उज्यालो पु¥याउने अभियान शुरु भएको यियो । सोही अभियानबमोजिम प्राधिकरणको बजेट विनियोजन गरी कार्यान्वयन गर्दा कैलाश गाउँपालिका–१ मा पूर्णरुपमा बत्ती बलेको कैलाश गाउँपालिकाका अध्यक्ष टङ्कबहादुर मोक्तानले जानकारी दिनुभयो ।

कैलाशसँगै मकवानपुरको थाहा नगरपालिका, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकाका दुर्गम गाउँमा पनि विद्युतीकरणको काम भइरहेको प्राधिकरण विद्युत् वितरण केन्द्र शाखा कार्यालय पालुङले जनाएको छ । केन्द्रका प्रमुख विनोद अधिकारीले योजनाबद्धरुपमा ग्रामीण विद्युतीकरणमा जोड दिएको भन्नुभयो । कैलाश गाउँपालिका–१ मकवानपुरको थाहा नगरपालिकाबाट तीन घण्टाको यात्रापछि मात्रै पुगिने धादिङ जिल्लासँग जोडिएको छ ।

२०७८ मा हुने कृषि गणनाको तयारी

प्रत्येक १० वर्षमा केन्द्रीय तथ्याङ्क विभागद्वारा हुने राष्ट्रिय कृषि गणना आउँदो २०७८ सालमा हुने भएको छ । आउँदो सालमा तराईमा पुसदेखि फागुनसम्म र हिमाली जिल्लामा आउँदो २०७९ को वैशाखदेखि असारसम्म जनगणना हुने बताइएको छ ।

जिल्ला तथ्याङ्क कार्यालय मकवानपुरद्वारा सो गणनाका तयारी सम्बन्धमा सरोकारवालाहरुसँग आज हेटौँडामा आयोजित अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो । सो कार्यालयका प्रमुख राजेश दासले कृषि गणनाको उद्देश्य, गणना विधि, कृषिमा पर्ने प्रभाव, कृषिको चलनचल्ती, कृषिबाट हुने उत्पादन, आम्दानी, लगाइने बाली, ढुवानी, बजार व्यवस्था, बिक्री तथा भोग्नुपर्ने समस्यालगायत विषयमा गणना गरिने जानकारी दिनुभयो ।

एफएओ र डब्लुपिसिएको मार्ग दशर्नका आधारमा गरिने सो गणनामा तीन लाख २५ हजारदेखि तीन लाख ५० हजार कृषक परिवारबाट प्रत्यक्ष अन्तर्वार्ता गरी तथ्याङ्क सङ्कलन गरिने केन्द्रीय तथ्याङ्क विभागका निर्देशक लीला मिश्रले बताउनुभयो ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले कृषि गणना जनताको रोजीरोटीसँग जोडिएकाले यो अत्यन्त निष्पक्ष एवम् विश्वसनीय हुनुपर्ने बताउनुभयो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले पनि तथ्याङ्क हचुवाका आधारमा होइन सही सूचकका आधारमा सङ्कलन गर्नुपर्नेमा जोड दिनुभयो ।रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>