चितवन विशेष
द भिएफसीको सहकार्यमा भरतपुर-११ मा खुल्यो एसके चिकन प्वइन्ट

भरतपुर,चैत ९-
भरतपुर महानगरपालिका -११ विशाल चोकमा आजदेखि एसके चिकन प्वइन्ट संचालनमा आएको छ । भिएफसीको फ्रेन्चाइज शाखाको रुपमा चिकन प्वइन्ट तथा मिट सप संचालनमा ल्याइएको हो ।
यो भिएफसीको दोस्रो शाखा हो । तेस्रो शाखा केहीदिन भित्रै नारायणगढको शहिदचोकमा खोल्ने तयारी छ । चिकन प्वइन्टमा भिएफसीको सम्पूर्ण मेनु पाइने द भिएफसीका संचालक नवराज भट्टले बताउनुभयो ।
चिकन प्वइन्टमा स्पेशल चिकेन फाष्ट फुड पाइन्छ । होल ग्रिल चिकन, क्रिष्टी फ्राई चिकन,चिकन बर्गर,मःम, पिजा, ससेज लगायत स्वस्थ्यकर खानाका परिकारहरु सुपथ मूल्यमा उपलब्ध हुने भट्टले बताउनुभयो । चिकन प्वाइन्टमा फ्रि होम डेलिभरीको समेत व्यवस्था छ ।

रत्ननगरको बकुलहरमा रहेको द भिएफसीले छोटो समयमा नै ग्राहकको मन जित्न सफल भएको छ । यसका अन्य शाखाहरु पनि विस्तारको तयारीमा रहेको भट्टले जानकारी दिनुभयो । सेवा सुभारम्भको अवसरमा २० देखि ५० प्रतिशत सम्म छुट अफर समेत ल्याइएको छ ।


























