Breaking News
भरतपुरमा आज राती ८ बजेपछि मात्रै विद्युत आउने
०

चितवन, चैत ८-
चितवनमा आज (आइतबार) राती ८ बजेपछि मात्रै विद्युत आपूर्ती हुने भएको छ । मर्मतको काम अझै नसकिएकोले विद्युत आपुर्तीमा ढिलाई भएको विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव कुमार सिंहले नारायणी अनलाइनलाई जानकारी दिए । भोलि पुनः विद्युत कटौती गर्नुको साटो आझै अबेरसम्म काम गरेर सम्पन्न गर्न लागिएको उनले बताए ।
हेटौंडा ग्रडि महाशाखा अन्तरगतको १३२/३३/११ केभी भरतपुर सब स्टेशनमा ११ केभी इन्कमर तथा बसकल्पर बदलेर क्षमता वृद्धि गर्नुको साथै आवश्यक मर्मत संभार गर्न परेको वद्यिुत कटौती गरिएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























