चितवन विशेष
तीव्र गतिको मोटरसाइकलले भरतपुरमा युवतीलाई ठक्कर दिँदा..
०

भरतपुर,चैत ८-
चितवनको भरतपुरमा तीव्र गतिको मोटरसाइकलले युवतीलाई ठक्कर दिएको छ । मालपोतचोकबाट आँपटारी तर्फ गइरहेको बा ८१ प ९९९९ नम्बरको मोटरसाइकलले भरतपुर महानगरपालिका १० नहरचोकमा पैदलयात्री युवतीलाई ठक्कर दिएको हो ।
बझाङ जयपृथ्वी नगरपालिका १ घर भई हाल भरतपुर १० नहरचोकमा डेरा गरी बस्ने २० वर्षिय रोशनी सिंहलाई तीब्र गतिमा रहेको मोटरसाइकलले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । मोटरसाइकल चालक समेत घाइते छन । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























