Breaking News
नेकपाका साइबार स्यालहरु एमाले हुँदापनि अझै बाँचेका रहेछनः माधवकुमार नेपाल
०

चितवन,चैत ४-
नेकपा (एमाले) का बरिष्ठ नेता माधवकुमार नेपालले नेकपाका साइबर स्यालहरु एमाले पार्टी हुँदापनि ज्युँदै रहेको आरोप लगाएका छन । आज झलनाथ-माधव समूहले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । ‘साइबर स्यालदेखि होसियार, गलत सूचना संप्रेषण गर्न सक्नेछन्। कुनै पनि किसिमको अलमलमा पर्नुपर्ने छैन,’ उनले भने।
उनले पार्टी विग्रहको जिम्मेवार अध्यक्ष केपी शर्मा ओली भएको बताए । ‘उहाँ नै सबै कामको, वितण्डा, पार्टीभित्र विग्रहको निम्ति उहाँ नै जिम्मेवार हुनुहुन्छ,’ नेपालले भने।
तथ्य र प्रमाण चाहिन्छ भने एक भारी तथ्य र प्रमाण रहेको नेता नेपालले बताए।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























