Breaking News

नेपाल समूहको राष्ट्रिय भेला सुरु (अपडेट )

Banner

 

काठमाडौं ४ चैत –

नेकपा एमाले माधव नेपाल समूहको राष्ट्रिय भेला सुरु भएको छ । ललितपुरको हेरिटेज गार्डेन पार्टी प्यालेसमा सुरु भएको भेला बिहीबारसम्म चल्नेछ ।

भेलामा देशैभरका नेता-कार्यकर्ताको उपस्तिथि रहेको छ भने पुराना कम्युनिस्ट नेताहरु पनि यो समूहको भेलामा सहभागी भएका छन् ।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल-नेपाल समूहले काउन्टरमा भेला आयोजना गरेको हो ।

माधव समूहले भेला आयोजना गर्न लागेपछि अध्यक्ष ओलीले वार्तामा बोलाएका थिए तर कुरा मिल्न नसकेपछि आजदेखि भेला सुरु भएको हो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>