Breaking News
राष्ट्रपतिद्वारा आज ४ बजेका लागि सर्वदलीय बैठक आह्वान

चितवन,चैत ३-
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई आज छलफलका लागि बोलाएकी छिन् । राष्ट्रपतिले अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठकका रुपमा राष्ट्रपति कार्यालय बोलाएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।
देशमा राजनीतिक संकट चुलिइरहेको बेला राष्ट्रपतिले संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई छलफलमा बोलाएकी हुन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेयता राजनीतिक खिचातानी चलिरहेको छ । सर्वोच्च अदालतले फागुन ११ मा प्रधानमन्त्रीको कदम असंवैधानिक ठहर गरेपनि फागुन २३ मा सर्वोच्च अदालतले फेरि नेकपा विघटन गरिदिएपछि सरकार नै धरापमा परेको छ । सर्वोच्चको फैसला अनुसार एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार बनाउने पहल गरिरहेको छ भने एमाले भित्रैपनि तीव्र मतभेद रहेको छ ।
दलहरुदलाई छलफलमा बोलाएर राष्ट्रपतिले राजनीतिक अन्योलतालाई निकाश दिन आग्रह गर्ने बताइएको छ ।
























