Breaking News
बहराइनका राजपरिवारका सदस्य सगरमाथा चढ्न नेपालमा,सैन्य जहाज चढेर आए
०

काठमाडौं, चैत २-
बहराइनका राजपरिवारका सदस्य सेख मोहम्मद अमाद अल कोलिफासहितको १६ जनाको टोली सगरमाथा आरोहणका लागि नेपाल आएको छ । यो आरोहण टोली बहराइन डिफेन्स फोर्सको सैन्य जहाज चढेर आज नेपाल आइपुगेको हो ।
टोलीमा बहराइन डिफेन्स फोर्समा कार्यरत १३ जना बहराइनका नागरिक र ३ जना बेलायती नागरिक छन् । यो टोलीले गोरखाको चुमनुब्री गाउँपालिकास्थित समागाउँका बासिन्दाका लागि कोरोना भाइरस विरुद्धको खोप समेत ल्याएर आएको छ ।
यो खोप सहयोगस्वरुप प्रदान गर्न लागिएको हो । टोली कम्तिमा ८० दिन नेपालमा रहने भएको छ । यसअघि यो टोलीले सन् २०२० को अक्टोवरमा लोबुचे र मनास्लु हिमाल चढेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























