Breaking News

माओवादी केन्द्रको ध्यान सत्ता समिकरणमा, पार्टीको केन्द्रीय कमिटीका आगामी बैठक स्थगित

Banner

काठमाडौँ, चैत २-

सत्ता समिकरणका लागि दलहरूसँगको वार्तालाई निरन्तरता दिनुपर्ने तथा तत्काल अन्य गतिविधिमा केन्द्रित हुनुपर्ने भएकाले केही दिनका लागि माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ ।

नेता युवराज चौलागाईंका अनुसार कांग्रेस र जसपासँग वार्ता गर्ने निर्णय केन्द्रीय कमिटीले यसअघि नै गरिसकेको छ ।

‘भोलि संसद् बैठक छ, संसदीय दलको बैठक पनि बस्नुपर्ने छ, अन्य दलहरूसँग वार्ता पनि गर्नुपर्ने छ, सोही कारण दुई÷चार दिनका लागि बैठक रोक्ने कुरा भएको छ,’ चौलागाईंले भने । सोमबारको बैठकमा २० जनाले विचार राखेको उनले बताए । पार्टी राष्ट्रिय भेलाको मिति स्थायी कमिटीले तय गर्ने र त्यसअघि केन्द्रीय कमिटी बैठक बस्ने माओवादीले जनाएको छ । सरकारमा सहभागी मन्त्रीहरूलाई के गर्ने भन्ने सम्बन्धमा भने कुनै निर्णय नभएको उनको बताए ।

’स्पष्टीकरण सोधेको पत्र उहाँहरूको हातहातमा पुगिसकेको छ,’ चौलागाईंले भने, ’केही दिन कुर्छौं र उताबाट कस्तो जवाफ आउँछ, त्यसपछि निर्णय लिन्छौं ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>