Breaking News

ओलीद्धारा भोलि बालुवाटारमा चियापान कार्यक्रम आयोजना,खनाल-नेपाललाई निम्तो

Banner

चितवन,चैत २-

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चियापान कार्यक्रम आयोजना गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बिहान ११ बजे सरकारी निवास बालुवाटारमा चियापान कार्यक्रमको आयोजना गरेका हुन् । चियापान कार्यक्रममा एमालेका केन्द्रीय कमिटीका सबै सदस्यलाई बोलाइएको जनाइएको छ । चियापान कार्यक्रममा सहभागी हुन मोबाइलमा एसएमएस गरी सबैलाई निम्तो पठाइएको बताइएको छ ।

चियापान कार्यक्रममा झलनाथ खनाल र माधवकुमार नेपाललाई पनि निम्तो गरिएको बताइएको छ । यसअघि यस समूहले भने बुधवार र बिहीवार राष्ट्रिय कार्यकर्ता भेला गर्ने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>