Breaking News

एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म

Banner

काठमाडौं, फागुन २८

नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म गर्ने निर्णय भएको छ । पुनःस्थापित नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठकले सो निर्णय गरेको हो ।

यस्तै बेठकले महासचिवबाहेकका सबै पदाधिकारी खारेज पनि खारेज गरेको छ ।

नेकपा विभाजनपछि ओली पक्षले बनाएका सबै कमिटी र जनसंगठनका नेतृत्वसमेत हाललाई यथावत रहने अध्यक्ष केपी शर्मा ओलीले बैठकमा जानकारी दिएका छन् ।

ओलीले अर्को बैठक चैत ७ गते बस्ने जानकारी दिँदै आजको बैठकमा नआएका माधव नेपालहरुलाई पनि जानकारी दिन महासचिव ईश्वर पोखरेललाई निर्देशन दिएको एक केन्द्रीय सदस्यले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>