Breaking News
दैलेखमा माइक्रोबस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १६ घाइते
०

सुर्खेत, फागुन २७ –
बिहीबार कर्णाली राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् । राजमार्गको दैलेख सडकखण्डको आठबीस नगरपालिका –१ टुइकुनामा माइक्रोबस दुर्घटना भएको हो । मृत्यु हुनेमा कालिकोटकाे शुभकालिका गाउँपालिका-१ भर्ताका अन्दाजी ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल विक रहेका छन् ।
कालिकोटदेखि सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ ख २४७ नम्बर बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले बताएको छ ।
बस दुर्घटनाको कारण भने नखुलेको प्रहरीले जनाएको छ । बस राजमार्गबाट ५० मिटर तल खसेको छ । बसमा कालिकोटबाट १५ यात्री सवार थिए । घाइतेको उद्धार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























