Breaking News

नयाँ सत्ता समीकरणबारे छलफल गर्न माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

Banner

काठमाडौं, फागुन २६ –

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ। पेरिसडाँडामा पछिल्लो राजनीतिक अवस्थामा केन्द्रित रहेर स्थायी कमिटी बैठक बस्न लागेको हो ।

बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरणलगायतका विषयमा छलफल हुने पार्टीका एक केन्द्रीय सदस्यले बताएका छन् ।

नयाँ सत्ता समीकरण नबनेसम्म केपी शर्मा ओलीलाई दिएको समर्थन कायमै राख्ने या फिर्ता लिने विषयमा आजको बैठकले रणनीति बनाउने ती सदस्यले बताएका छन् ।

मंगलबार सत्ता समीकरणको विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग छलफल गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>