Breaking News

चितवनका शैक्षिक संस्थाले लकडाउनको पनि शुल्क असुले, फिर्ता गर्न अनेरास्ववियूको चेतावनी

Banner

चितवन,फागुन २५-

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) चितवनले शैक्षिक संस्थाहरुले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि गरिएको लकडाउन र निषेधाज्ञाको समयको शुल्क लिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अनेरास्ववियू चितवनका संयोजक प्रकाश आचार्यले मङ्गलबार एक विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘महिनौँसम्मको लकडाउनले गर्दा देशको शैक्षिक सत्र प्रभावित बन्न पुगेको थियो । लामो समयको अन्योलता पछि वैकल्पिक सिकाइको नाममा चर्काे शुल्क असुल्ने, यातायात सुविधालगायत विभिन्न शीर्षकको नाममा लिइएको पाइएकोले सो शुल्क तत्काल खारेज गर्न सम्बन्धित निकायलाई जोडदार माग गर्दछौँ ।’
अनेरास्ववियूले लकडाउन अवधि (८ महिना) मासिक शुल्कलगायतका अन्य शुल्क मिनाह गर्नुपर्नेलगायतका ११ वटा बुँदामा माग राखेको छ । मागहरु वार्ता र छलफलको माध्यमबाट एक हप्ताभित्र सम्बोधन नगरेमा यसबाट सिर्जन हुने जस्तो सुकै परस्थितिको सामना गर्न तयार रहन अनेरास्ववियूले चेतावनी दिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>