Breaking News

चितवनमा राखियो एमालेको बोर्ड, नाचगान गर्दै कार्यकर्ताले मनाए खुशियाली

Banner

चितवन, फागुन २५–

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफ्नो पार्टी कार्यालयमा आफ्नो बोर्ड राखेको छ ।

मंगलबार एक कार्यक्रमका बीच चितवनका नेता कार्यकर्ताहरुले साविकको एमालेको पार्टी कार्यालयमा एमाले लेखेकै बोर्ड राखेका हुन् । यस अघि सो कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड रहेको थियो । पार्टी कार्यालयमा साविकका एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपि शर्मा ओलीको फोटो पनि टाँसिएको छ । बोर्ड हालेपछि नेता कार्यकर्ताहरुले खुशियाली मनाउँदै नाचगान पनि गरेका थिए ।

सर्वोच्च अदालतले एमाले ब्यूँताइदिएपछि धुम्बाराहीको केन्द्रीय मूख्यालयमा पनि आज बिहान नेकपा एमालेको बोर्ड राखिएको छ । बिहानै बोर्ड फेरिएको हो । धुम्बाराहीमा बोर्ड फेरेपछि पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको थियो ।

आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिदै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो । सर्वोच्च अदालतले साविकको दुई पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत अवस्थामा फर्काउने निर्णय गरेपछि दुई पार्टीहरु अलगअलग भएका छन् । अरुको नामसँग मिल्ने नाम राखेर एकता गरिएकाले सर्वोच्च अदालतले एकतालाई खारेज गरिएको र एकता गर्ने भए कानुनअनुसार आउन भनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>