Breaking News
दैलेखमा दुःखद घटनाः कर्णालीमा हामफालेका चारै जनाको शव भेटियो
०
दैलेख, फागुन २५–
दैलेखमा एकै परिवारका चार जनाले कर्णाली नदीमा हाम फालेर आत्महत्या गरेका छन् ।
आठविस नगरपालिका–३ का सुकी बडुवाल तीन छोराछोरीसहित नदीमा हाम फालेकी थिन् । पछिल्लोपटक सुकी र छोराको पनि शव भेटिएको छ।
सोमबार बिहानदेखि हराइरहेका उनीहरूको शव भेटिएको हो। सुकीका दुई छोरीको सोमबार बेलुका डोरीले हात बाँधिएको अवस्थामा शव भेटिएको थियो।
आइतबार राति मदिरा सेवन गरी घर गएका श्रीमानसँग झगडा परेपछि सुकी सोमबार बिहानै चार छोराछोरीलाई साथमा लिएर घरबाट निस्किएकी थिइन्। उनले आफ्ना सन्तासहित कर्णाली नदीमा हाम फालेको आशंका गरिएको छ।
उनका श्रीमान मानसिंह बडुवाल प्रहरीको नियन्त्रणमा छन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























