Breaking News

एसईई परीक्षा तालिका सार्वजनिक, जेठ १३ देखि सुरु हुने

Banner

काठमाडौं, फागुन २५–

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

२०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा आउँदो जेठ १३ गतेदेखि सन्चालन हुने बोर्डले जनाएको छ ।

बोर्डको बैठकले जेठ १३ गतेदेखि २४ गतेसम्म परीक्षा सन्चालन गर्ने निर्णय गरेको बोर्ड सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

कोरोना भाइरसका कारण यसपटक शैक्षिक सत्र नै हेरफेर भएको छ । जसअनरुप सरकारले असारदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>