Breaking News
संसद भवनबाट अचानक बाहिरिए प्रधानमन्त्री ओली
०

काठमाडौं, फागुन २३-
प्रधानमन्त्री केपी शर्मा ओली संसद भवनबाट अचानक बाहिरिएका छन् । संसद बैठक सुरु हुनुअघि नै संसद भवन नयाँ वानेश्वर आएका प्रधानमन्त्री ओली संसद बैठक सुरु हुनुअघि नै बाहिरिएका हुन् ।
सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि पहिलो पटक संसद बैठक आइतबार बस्दैछ । आइतबार संसद अधिवेशन आह्वानसम्बन्धी र मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट आएको पत्र पढ्ने, संसद नभएका बेला सरकारले ल्याएका विभिन्न सात अध्यादेश पेस गर्ने र संसदका वर्तमान र पूर्व सदस्यको मृत्युमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ । पुर्नस्थापित संसदको बैठक सुरु हुनै दिनमा नै सर्वाेच्च अदालतले नेकपाको आधिकारिकता खारेज गरेपछि नेताहरुबीचमा चर्चापरिचर्चा सुरु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























