चितवन विशेष
पुर्व प्रहरी संगठन चितवनको अध्यक्षमा उद्धव कुमार श्रेष्ठ

भरतपुर, फागुन २३ –
पुर्व प्रहरी संगठन चितवनको अध्यक्षमा उद्धव कुमार श्रेष्ठ निर्वाचित भएका छन् । संगठनको पाचौँ साधारण सभा तथा दोस्रो अधिवेशनमा श्रेष्ठसहित १५ जना निर्वाचित भएका छन् ।
त्यस्तै संगठनको वरिष्ठ उपाध्यक्षमा बलबहादुर थापा, उपाध्यक्षमा सुनिता दर्लामी, सचिवमा खुमलाल उपाध्याय, कोषाध्यक्षमा हरिदत्त रिमाल, सहसचिवमा नारायण श्रेष्ठ, सहकोषाध्यक्षमा इश्वर बुढाथोकी, सदस्यमा बमबहादुर थापा, विष्णु गुरुङ्ग, सरस्वति वर्देवा, भूमी प्रसाद काफ्ले, चेतबहादुर शाही, विमला बुढाथोकी, आश बहादुर घर्ती र लेखा संयोजकमा चुम बहादुर जि.सी निर्वाचित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओम प्रसाद अधिकारीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । संगठनका अध्यक्ष चक्रवहादुर कार्कीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा सल्लाहकार सन्तोष पन्तले स्वागत मन्तव्य, बाग्मति प्रदेश सदस्य कृष्ण प्रसाद पौडेल तथा पुर्व प्रहरी साकोसका अध्यक्ष अम्विका प्रसाद भण्डारीले शुभकामना मन्तव्य, सचिव बल बहादुर थापा र कोषाध्यक्ष हरिदत्त रिमालले आआफ्ना प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने प्रतिवेदनहरु सर्वसम्मतिले पारित भएका थिए ।
कानूनी सल्लाहकार रामनाथ घिमिरेको संयोजकत्वमा केदारराज पन्त र बिनिमहादेव पौडेल सदस्य रहेको निर्वाचन कमिटीले समारोहको बन्द सत्रमा नयाँ नेतृत्वका लागि गरेको आह्वान पश्चात सर्वसम्मतिले निम्न लिखित उम्मेदवारहरु निर्विरोध निर्वाचित भएको घोषणा गर्दै सपथ ग्रहण समेत गराइएको थियो ।



























