Breaking News
मोटरसाइकललाई बचाउन खोज्दा भरतपुरमा दुई ट्रक ठोक्किए, दुईजना घाइते
०

चितवन,फागुन २०-
भरतपुरको मालपोत चोकमा मोटरसाइकललाई जोगाउन खोज्दा दुई ट्रक एक आपसमा ठोक्किएका छन । केन्द्रिय बसपार्कबाट आपँटारी तर्फ जाँदै गरेको ना ५ ख ९६८९ नम्वरको ट्रक र विपरित दिशाबाट आइरहेको ना ४ ख ९१२२ नम्वरको ट्रक मालपोत चोकमा एक आपसमा ठक्कर खाएका हुन ।
सोही क्रममा ट्रकको पछाडिबाट ना ४२ प ४१३ नम्वरको मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएको छ । उनिहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्य थापाले जानकारी दिनुभयो । घाइतेको अवस्था सामान्य छ । मोटरसाइकललाई बचाउन खोज्दा दुर्घटना भएको थापाले बताउनुभयो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























