Breaking News

चितवनमा देउवाले भनेः प्रधानमन्त्री पाए सरकारमा जाने हो

Banner

चितवन,फागुन १९-

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले प्रधानमन्त्री हुने अवसर पायो भने जिम्मेवारी लिने बताएका छन्। चितवनमा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन । ‘कांग्रेसलाई पदको लोभ छैन, टाउकोमा आयो भने भाग्ने पनि छैन,’ देउवाले भने, ‘काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन।’

आफूले प्रधानमन्त्री पद नमागेको पनि उनले बताए। उनले प्रधानमन्त्री पाए पार्टीलाई नै फाइदा हुने बताएका छन्। वरिष्ठ नेता रामचन्द्र पौडेलले कुरा उठाएको भन्दै जवाफमा उनले शेरबहादुर प्रधानमन्त्री हुन नहुने भन्ने सानो चित्त नगर्न पनि आग्रह गरेका छन्।

वरिष्ठ नेता पौडेललाई चित्त नदुखाउन आग्रह गर्दै प्रधानमन्त्री बने आफ्नै पार्टी बन्ने भएकाले खुशी हुन आग्रह गरे । ‘तपाई शेरबहादुर प्रधानमन्त्री हुनै हुदैन भन्ने चाहनु हुन्छ जस्तो लाग्छ मलाई, तपाइको यो अद्भुत क्षमता हो, सानो चित्त नबनाउनस्’–सभापति देउवाले भने । उनले थपे–‘रामचन्द्रजीको चित्तै सानो, त्यसो नगर्नुहोस्, राजनीतिमा के आउँछ कस्तो आउँछ, मरिमेट्ने पनि छैन, आए छोड्नेवाला पनि छैन ।’

यस्तै सोही कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री डा.शशांक कोइरालाले आफ्नो भनाइ राखेका थिए ।

श्रद्धाञ्जली सभामा विभिन्न संघसंस्थाहरुले दिएको श्रद्धाञ्जली पत्र सभापति देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाले रानाभाट परिवारलाई हस्तान्तरण गरेका थिए । शोकसभामा पूर्व मन्त्री डिना उपाध्याय, केन्द्रीय सदस्य एवंम काँग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँलगायतले शोक मन्तव्य व्क्त गरेका थिए । काँग्रेस चितवनका सचिव उत्तम जोशीले संचालन गरेको कार्यक्रम काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । स्वर्गीय रानाभाटको निधन भएको बुधबार १० दिन पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>