Breaking News

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, ४० बढी घर जले

Banner

ताप्लेजुङ,फागुन १८-

ताप्लेजुङको दोभान बजारमा आगलागी भएको छ । मेरिङदेन गाउँपालिका वडा नम्बर ३ स्थित सो बजारमा करिब एक घण्टादेखि आगो लागिरहेको छ । ताप्लेजुङका प्रहरी प्रमुख डीएसपी बालनरसिंह राणाले टेलिफोनमा दिएको जानकारी अनुसार अहिलेसम्म झण्डै ४० घर जलेर नष्ट भएको छ ।

आगो नियन्त्रणका लागि सुरक्षाकर्मी परिचालन गरिएको ताप्लेजुङकी सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले बताइन् । ‘हामी पनि बाटोमा जाँदैछौं । क्षतिको विवरण आउने क्रम जारी छ ।अहिले आगो लागिरहेको छ ।’ उनका अनुसार आगो निभाउन दमकल परिचालन गरिएको छ ।

आगलागी भएको दोभान बजार ताप्लेजुङ सदरमुकाम फुङलिङदेखि डेढ घण्टा टाढा पर्छ । दोभान बजार ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>