Breaking News

विप्लव नेतृत्वको नेकपाले वार्ता टोली गठन गर्दै, प्रतिबन्ध फुकुवाको तयारीमा सरकार

Banner

काठमाडौं फागुन १८-

भूमिगत क्रियाकलाप गरिरहेको नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा र सरकारबीच वार्ताको तयारी अन्तिम चरणमा पुगेको छ । मंगलवार साँझसम्म या बुधवार सम्ममा विद्रोही नेकपाले वार्ता टोली गठनको तयारी गरेको स्रोतको दाबी छ । प्रवक्ता समेत रहेका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठनको तयारी भएको नेकपा स्रोतले जानकारी दियो । सरकारले पनि मन्त्रीस्तरको वार्ताटोली बनाउने समझदारी भएको स्रोतको दाबी छ ।

सरकार पक्षले पनि प्रतिबन्धित नेकपासँग छिट्टै वार्ताको तयारी भइरहेको बताउँदै आएको छ । आइतवार झापामा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै वार्ता हुने बताएका थिए । सोमवार पोखरामा आयोजित कार्यक्रममा पनि ओलीले विप्लवसँग वार्ताको तयारी भएको दोहोर्याएका थिए । फागुन ८ गते विप्लवले विज्ञप्ति प्रकाशित गरी सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>