Breaking News
सडक विस्तारको नाममा नागरिकलाई सडक छाप बनाइएको भन्दै माइतीघरमा प्रदर्शन
०
काठमाडौं, फागनु १७
नागरिक अधिकारकर्मी र पीडितहरुले गैरन्यायिक सडक विस्तारको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । वृहत नागरिक आन्दोलन र सडक विस्तार पीडितहरुको सहभागीतामा आज बिहान माइतीघरमा प्रदर्शन भएको हो । सडक विस्तारको नाममा नागरिकलाई सडक छाप बनाइएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन हुँदै आएको छ ।
बालाजु बाइपास, कालिमाटी, लगनखेल–गोदावरी लगायत सडक विस्तारको क्रममा पीडित भएकाहरु प्रदर्शनमा सहभागी छन् । प्रदर्शनमा सहभागीहरुले ‘गैरन्यायिक सडक विस्तार मुर्दावाद’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
गैरन्यायिक सडक विस्तारको विरोधमा उत्रिँदा पक्राउ परेका नागरिक अभियन्ता सुमन सायमी, विरोचन श्रेष्ठ, भिमदेव श्रेष्ठ, मिन शाही, महेश्वर मानन्धर, सन्जय तामाङ, रुक्षित श्रेष्ठ, दिपेन श्रेष्ठलाई लगायतलाई रिहा गर्न पनि उनीहरुले माग गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























