विजनेश

एनसेलको ‘सहयात्री सिम’: वैदेशिक रोजगारीमा जानेका लागि विशेष योजना

Banner

काठमाडौं, फागुन १४–

एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी विशेष योजना ‘सहयात्री सिम’ ल्याएको छ । स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क रोमिङ् सेवा यो सिमको केही मुख्य विशेषताहरु हुन् ।

यो सिम योजना आज (शुक्रबार)बाट संचालनमा आएको छ । एनसेलले आफ्नो नयाँ अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत यो योजना ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ ।

सहयात्री सिमको उदेश्य वैदेशिक रोजगारीमा जाने सोच बनाएकाहरुलाई उनीहरुको रोजगारी यात्रामा सम्पूर्ण रुपमा सहयोग पुर्‍याउनु रहेको छ । यस सिममा समेटिएका सबै अफर तथा सुविधाहरु विदेश जाने सोच बनाएका व्यक्तिहरुको यात्रालाई सहज बनाउने र विदेशमा रहेका परिवारका सदस्यसँग सहजै सम्पर्कमा रहिरहन मद्दत गर्ने किसिमका छन् । त्यसैगरी यसमा लोकल दरमा नेपालबाट भारतमा कल गर्न सकिने अफर पनि रहेको छ ।

यो सिम ग्राहकले कर सहितमात्र रु ९९ मा लिन सक्छन् र सिमसँगै रु २० मेन ब्यालेन्स, सात दिनको लागि मान्य हुने २०० एमबी डेटा, २० मिनेट अन नेट टक लाइम र २० वटा अन नेट एसएमएस पाइन्छ । यस सिममा पहिलो रिचार्जमा बोनस, एक वर्षसम्म प्रत्येक रिचार्जमा १० प्रतिशत बोनस, नेपाल कल गर्न वा आफु रहेको देशभित्रै कल गर्न १५ मिनेट रोमिङ् सेवा जस्ता विशेष सुविधाहरु रहेका छन् । यसरी प्राप्तहुने १५ मिनेटको रोमिङ् सेवा ग्राहकले भारत, कतार, युएई, मलेशिया, कुवेत, ओमान र दक्षिण कोरियामा प्रयोग गर्न सक्छन् ।

यो सिम अर्थात योजनाअन्तर्गत ग्राहकले निःशुल्क रुपमा ‘कल आयो पैसा पायो’ अफरमा सहभागी हुन सक्छन् । यसमा मेन ब्यालेन्स कमरहेको अवस्थामा पनि मिस्ड कल दिन सकिने सुविधा रहेको छ । साथै कुनै पनि भारतीय नम्बरमा लोकल कलको दर कर बाहेक रु १.९९ प्रतिमिनेटमा कल गर्न सकिने सुविधा रहेको छ । यी विशेषता कारणले गर्दा विदेशमा रहेका आफन्त र परिवारका सदस्यहरुसँग सम्पर्कमा रहिरहनका लागि यो सिम एक उत्तम सेवा हो ।

यो सिम काग्राहकले एनसेल जबसप सेवामा एक महिनासम्म निःशुल्क पहुँच पाउँछन् । एक महिना पश्चात ग्राहकले मासिक जबस पप्लान ५० प्रतिशत छुटमा चलाउन सक्छन् । “हामी आफ्ना ग्राहकका आवश्यकताअनुसार सेवा प्रदान गर्नका लागि सधैं उत्तम उपायको खोजीमा रहन्छौं । वैदेशिक रोजगारीमा जान चाहने कामदारको यात्रालाई सहज बनाउन र उनीहरुका परिवारका सदस्यसँग अटुट सम्बन्ध कायम राख्न मद्दत गर्ने विशेष ‘सहयात्री सिम’ ल्याउन पाएकोमा हामी हर्षित छांै । यो योजनाले कामका लागि विदेश जानेहरुलाई नेपालमा रहेका आफ्ना प्रियजनसँग सम्पर्कमा रहि रहन सजिलो बनाउँदछ । सहयात्री सिम सरल भएपनि अर्थपूर्ण र प्रभावशाली छ ।”–एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले भने ।

यो सिम सुचारु गरको दोस्रो दिनको मध्यरात सम्ममा गरेको रु १०० भन्दा माथिको पहिलो रिचार्जमा ग्राहकले बोनस टक टाइम र डेटा प्राप्त गर्दछन् । जस्तै कुनै ग्राहकले रु १०० को पहिलो रिचार्ज गरेमा उसले १०० मिनेट एनसेल नेटवर्क भित्रकल गर्न सकिने बोनस टक टाइम र सात दिनको समयसिमा रहेको १०० एमबी डेटा प्राप्तगर्दछ ।

ग्राहकले प्रत्येक रिचार्जमा १२ महिनासम्म प्राप्त गर्ने १० प्रतिशत बोनसबाट पेएजयूगो अन्तर्गत सेवा प्रयोग गर्न सक्छन् । बोनस प्रयोग गर्ने समयावधि ७ दिन रहेको छ । यो सिमबाट ग्राहकले आफ्नो मेन ब्यालेन्स कम भएको अवस्थामा पनि मलेशिया, कतार, यूएई, साउदी अरब, भारत, जापान, दक्षिण कोरिया वा बहराइनमा रहेका आफ्ना परिवारका सदस्यको नम्बरमा मिस्ड कलदिन सक्नेछन् । यति मात्र हैन, यो सिम सुचारु गर्ने ग्राहकले ‘कलआयो पैसा पायो’ योजनामा निःशुल्क सहभागी हुँदै हरेक अन्तराष्ट्रिय आगमन कलमा बोनस प्राप्त गर्न सक्नेछन् ।

यो योजना एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’अन्तर्गत ल्याएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>