Breaking News

नेकपा प्रचण्ड–माधव समूहले भन्यो ‘जसपालाई सँगै मिलेर अगाडि जानुपर्छ’

Banner

काठमाडौं, फागुन १३ –

जनता समाजवादी पार्टी (जसपा) लाई नेकपा प्रचण्ड–माधव समूहले सँगै मिलेर जाने प्रस्ताव राखेको छ ।

संसद पुनस्र्थापना भएसँगै सबै दलहरुसँग छलफल अगाडि बढाएको प्रचण्ड–माधव समूहका शीर्ष नेताहरुले बिहीबार जनता समाजवादी पार्टीका नेताहरुसँग छलफल गरेका हुन् । जसपा नेता राजेन्द्र महतोले प्रचण्ड–माधव समूहका शीर्ष नेताहरुले मिलेर अगाडि जानुपर्छ भनेको बताएका छन् ।

यसअघि प्रचण्ड–माधव समूहका नेताहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए । भने आज नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>