Breaking News

ओलीलाई मात्रै एक्ल्याएर सबै एकजुट भएर अगाडि बढौं: सुरेन्द्र पाण्डे

Banner

चितवन, फागुन १२–

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री सुरेन्द्र पाण्डेले प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीलाई एक्ल्याएर अघि बढ्नुपर्ने बताएका छन् ।

भरतपुरमा आयोजित नेकपा प्रचण्ड–माधव समूह चितवनद्वारा संसद पुनःस्थापना भएको खुसीयालीमा आयोजित विजय सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘नेकपाको मूल घरमा हामी छौं, अब सबै मूल घरमा आउनुस्’ पाण्डेले नेकपा ओली पक्षका कार्यकर्तालाई लक्षित गर्दै भने, ‘हामी नेकपालाई एकजुट बनाएर, एउटै पार्टी बनाएर अगाडि बढ्नुपर्ने छ । ओलीजीलाई मात्रै एक्ल्याएर हामी सबै एकजुट भएर अगाडि बढौं ।’ उनले ओलीपक्षका नेता तथा कार्यकर्तालाई प्रचण्ड–नेपाल समूहमा आउन आग्रह गरेका हुन् । नेकपाका सबै नेता कार्यकर्ता एकजुट भएर अगाडि बढेमा आगामी दिनमा पनि नेकपाकै बहुमत आउने पाण्डेको दाबी थियो ।

सर्वाेच्च अदालतले संसदलाई पुनस्थापना गरेर ओलीको प्रतिगमनकारी कार्यलाई पराजित गराएको पाण्डेले बताए । ‘प्रतिगमनविरुद्धको आन्दोलन र सर्वोच्च अदालतका न्यायमूर्तिहरुको प्रयासले प्रतिगमन पराजित भएको छ’ पाण्डेले भने, ‘नेपालको न्यायपूर्ण आन्दोलनलाई बचाउनु भयो । न्यायमूर्तीहरुलाई सलाम छ ।’ अदालतले नेपालमा न्याय मरेको छैन भन्ने प्रमाणित गरेको पाण्डेले बताए ।

संसद पुनस्थापनाको फैसलापछि अब प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने पाण्डेले माग राखे । ‘ओलीमा अलिकति पनि नैतिकता छ भने तुरुन्तै राजीनामा दिएर नयाँ सरकार बन्ने मार्ग पशस्त गर्नुपर्छ’ पाण्डेले भने । सबै दल मिलेर नयाँ सरकार बनाउन आवश्यक रहेको बताउँदै पाण्डेले सबै दललाई सरकारमा आउन आग्रह गरेका छन् ।

पाण्डेले अब देशलाई समाजवादको बाटोमा अघि बढाइने बताए । सकुमवासीहरुलाई ६ महिनादेखि एक वर्षभित्र लालपुर्जा दिने गरी अबको सरकारले काम गर्ने दाबी गर्दै पाण्डेले वृद्धभत्ता ५ हजार रुपैयाँ पु¥याइने बताए ।

विजय सभामा नेकपा वागमती प्रदेश प्रमुख नारायण दाहाल, नेकपा चितवनका जिल्ला यमबहादुर परियार ‘इन्द्रजित’, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललगायतले बोलेका थिए । सबै वक्ताहरुले प्रधानमन्त्री ओलीको विरोध गर्दै ओलीको दिन सकिएको टिप्पणी गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>