Breaking News
प्रचण्ड–नेपाल समूहले टुंगो लगायो ६८ जिल्लाको नेतृत्व (सूचीसहित)
०

काठमाडौँ फागुन १०-
नेकपाको प्रचण्ड–नेपाल समूहले ६८ जिल्लाको नेतृत्व चयन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित भएको नेकपा प्रचण्ड–नेपाल समूहले भागबन्डाका आधारमा ६८ जिल्लाका अध्यक्ष र सचिव चयन गरेको हो । बाँकी ९ जिल्लामा पनि छिट्टै नेतृत्व चयन गरिने प्रचण्ड–नेपाल समूहले जनाएको छ ।
६८ जिल्ला अध्यक्ष र सचिव चयन गरेपनि जिल्ला इन्चार्ज र सहइन्चार्ज भने तोक्न बाँकी छ । यसअघि प्रचण्ड–नेपाल समूहले यसअघि पार्टी संगठनभित्र ५०–५० प्रतिशतको अनुपातमा भागबण्डा गर्ने गरी ९ बुँदे मापदण्ड सार्वजनिक गरेको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























