Breaking News

गोरखाको बारपाकमा एकै परिवारका तीनजना मृत अवस्थामा फेला

Banner

गोरखा फागुन १०-

गोरखाको बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकमा एकै परिवारका तीनजना मृत अवस्थामा फेला परेका छन्।

सोमबार बिहान अबेरसम्म घरको ढोका नखुलेपछि स्थानीयले ढोका खोलेर हेर्दा टिलबहालुर गुरुङसहित परिवारका ३ जना सदस्य मृत भेटिएको गोरखा प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङ जानकारी दिएका छन् ।

​८४ वर्षीय टिलबहादुर गुरुङ, उनकी बुहारी आइतकुमारी गुरुङ र १३ वर्षीया नातिनी उषा गुरुङ घरभित्र मृत अवस्थामा फेला पारिएको एसपी गुरुङले जानकारी दिए।

घटना घटेपछि प्रहरी चौकी बारपाकबाट घटनास्थल पुगेको प्रहरी टोलीले मृतकहरूको मुखमा फिँज निस्किरहेको अवस्थामा फेला पारेको एसपी गुरुङले बताए।

अहिले जौबारी प्रहरी चौकीबाट थप टोली घटनास्थलतर्फ पठाइएको जनाइएको छ। टोली त्यहाँ पुगेर अनुसन्धान गरेपछि घटनाबारे थप विवरण आउने एसपी गुरुङले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>