Breaking News

विरोध प्रदर्शनका लागि पैसाभन्दा पार्टी निर्णय महत्वपूर्ण हुन्छ :  नेता पौडेल

Banner

काठमाडौं, फागुन ९ –

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्दोलन गर्न पैसाभन्दा पनि पार्टी निर्णय र नेतृत्व महत्वपूर्ण हुने बताएका छन्। केही दिनअघि सभापति शेरबहादुर देउवाले पोखरामा आयोजित कार्यक्रममा जुलुस गर्न पैसा चाहिने र कांग्रेससँग पैसा नभएको बताएका थिए।

त्यसतर्फ लक्षित गर्दै पौडेलले जुलुस, सभा र विरोध प्रदर्शन पैसाले गर्ने नभई पार्टीको संकल्प र निर्णयले गर्ने बताएका हुन । पौडेलले पार्टी निर्णयबाट आन्दोलन गर्ने समेत बताएका छन्। पौडेलले भने, ‘पार्टीले आह्वान गर्ने हो।

कार्यकर्ता र जनता जम्मा हुन्छन्। लोकतन्त्रको लडाइँमा जनता र कार्यकर्ता आफैँ आउँछन्। निर्णय र नेतृत्व मात्रै पार्टीले गर्ने हो।’ पौडेलले विरोध प्रदर्शनका लागि पैसाभन्दा पार्टी निर्णय महत्वपूर्ण हुने जवाफ दिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>