Breaking News

पूर्वमन्त्री शेरबहादुर तामाङ ओली समूहमा फर्किए, पूर्वएमालेसँग विचार मिल्ने सबैलाई फर्कन आव्हान

Banner

काठमाडौँ, फागुन ८-

पूर्वमन्त्री तथा नेकपा सिन्धुपाल्चोकका नेता शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राई दुवै नेकपा ओली समूहमा फर्किएका छन् ।
उनीहरुले आज एकैसाथ प्रचण्ड–माधव समूह परित्याग गरेको घोषणा गरेका हुन्।

‘हो हामीले प्रचण्ड–माधव समूह छोडेका हौं,’ तामाङले भने । अहिले भइरहेका दुबै पक्षलाई समूहको संज्ञा दिँदै उनले कुन आधिकारिक हो भन्ने नखुलिसकेको अवस्थामा प्रधानमन्त्री ओलीलाई साथ दिने निष्कर्षमा पुगेको बताए।

‘प्रचण्ड–माधव नेपालको कार्यक्रम हेरियो, तर, मूलतः हाम्रो लोकप्रिय कम्युनिस्ट आन्दोलनलाई संरक्षण गर्दै अघि बढाउनुपर्ने आवश्यकता देखेँ,’ तामाङले भने, ‘त्यो प्रचण्ड–माधव समूहबाट पार लाग्दैन भन्ने निष्कर्षमा पुगेपछि मैले प्रधानमन्त्रीको समूहमा आउने घोषणा गरेँ।’

उनले भनेको त्यो लोकप्रिय कम्युनिस्ट आन्दोलन पूर्वएमालेले बोकेको एजेन्डा हो । ‘त्यो कम्युनिस्ट आन्दोलन अहिले प्रधानमन्त्रीले बोकेर हिँडिरहनु भएको छ, पूर्वएमालेको विचार मन पर्ने जो पनि यहाँ आउन मिल्छ,’ उनले भने।

तामाङले अहिले राजनीतिक दृष्टिकोण महत्वपूर्ण भएको र अहिले कम्युनिस्ट पार्टीभित्र त्यो संकटमा परेको छ । ‘सबैलाई मिलाएर लैजानुपर्नेमा दृष्टिकोण संकटमा परेर मतहरू छताछुल्ल भएका छन्, एमालेले विकास गरेको लोकप्रिय कम्युनिस्ट आन्दोलनको जग हल्लिएको छ,’ तामाङले भने, ‘त्यसैले, मैले प्रधानमन्त्रीले नेतृत्व गरेको समूहमै आउने निधो गरेँ।’

तामाङले कुनै पनि पदका लागि भनेर आफू प्रधानमन्त्रीको समूहमा नआएको दाबी गरे। ‘उता हुँदा पनि म केन्द्रीय सदस्य थिएँ, यता पनि त्यही जिम्मेवारी आउला, मुख्य कुरा जिम्मेवारी र पदको हैन,’ उनले भने । प्रतिनिधिसभा विघटनपछि तामाङ ओली समूह छोडेर प्रचण्ड–नेपाल समूहमा गएका थिए।

आफ्ना सर्कलका साथीहरू र जिल्लाको मनोविज्ञान पनि प्रचण्ड–नेपालतिर भएकाले भावनात्मक रूपमा पनि त्यतै लागेको उनले बताएका थिए । तामाङ लामो समय तत्कालीन नेकपा एमालेको राजनीतिमा माधवकुमार नेपाल समूहमा थिए। २०७४ को चुनावपछि उनी ओली सरकारमा कानुन मन्त्री बनेका थिए । उषाकला प्रदेशसभा सांसद हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>