Breaking News

सकियो संसद विघटन मुद्दामा बहस, ११ गते अर्को पेशी

Banner

काठमाडौँ माघ ७-

प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटमाथिका बहस सकिएका छन्। शुक्रबार एमिकस क्युरीका पाँच जना वकिलहरूको बहस सकिएको हो।शुक्रबार क्युरीको तर्फबाट गीता पाठकले अन्तिम बहस गरेकी थिइन्।

बहस सकिएपछि संवैधानिक इजलासले फागुन १० गतेसम्म बहस नोट दिन दुबै पक्षका वकिललाई आदेश दिएको छ। यसअघि पक्ष र विपक्षका वकिलहरूले विघटन मुद्दामाथि बहस गरेका थिए।

प्रधानन्यायाधीश जबराले फागुन ११ गतेदेखि यो मुद्दा हेर्दाहेर्दैमा हुने बताए।

पुष ५ गते प्रतिनिधिसभा विघटनपछि परेका एक दर्जन मुद्दामा सर्वोच्चको संवैधानिक इजलास सुनुवाइ जारी छ। प्रधानमन्त्री केपी ओलीले गैरसंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको विपक्षी वकिलको तर्क छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>