चितवन विशेष

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मृत फेला

Banner

चितवन, फागुन ५-

चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मर्ने क्रम रोकिएको छैन । आज दुई वर्षको पोथी गैंडा मृत फेला परेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको मध्यवर्ती क्षेत्र कावासोती नगरपालिका वडा नं. १७ स्थित अमलटारी अन्तर्गत गुन्द्राही ढकाह मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रमा करिब २ बर्ष उमेरको पोथी बच्चा गैडा मृत अवस्थामा फेला परेको छ ।

मृत्युको कारणबारे थप अध्ययनको लागि आवश्यक नमुना संकलन गरी भेटेरिनरी शाखामा पठाइएको उहाँले बताउनुभयो । उक्त बच्चाको ब्रह्म खाग खुर सुरक्षित रहेका छन् । चालु आर्थिक वर्षको हालसम्म यो सहित २५ वटा गैंडा मरेका छन् । ती मध्ये ४ वटा शिकारीले मारेका हुन् भने २१ वटा प्राकृतिक कारणले मरेका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>